रत्ननगर १५ लाई वालमैत्री वडा घोषणाको तयारी

रत्ननगर १३ बैशाख । रत्ननगर नगरपालिका वडा नं १५ लाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणाको तयारी गरिएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत रत्ननगर उद्योग बाणिज्य संघ र वडा कार्यालयले वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरेका हुन । वडा घोषणाको लागि पूरा गर्नुपर्ने सबै सुचक पुरा गरी घोषणाको तयारी गरिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जनाकारी दिए । वडा घोषण पूर्व गर्नुपर्ने वालश्रमिक नरहेको सुनिश्चितना,वाल क्लव गठन,सबै वालवालिकाको जन्मदर्ता,सबै वालवालिका विद्यालयको पहुँचमा रहेको,वाल उद्यान निर्माण लगायतका सुचक पुरा गरी वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणाको तयारी गरिएको अध्यक्ष लामिछानेले बताए । संघ र वडा कार्यालयको पहलमा वडा भित्र रहेका ५ जना श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी व्यवस्थापन समेत गरिएको छ । सके सम्म बैशाख महिनामै र नसके जेठको पहिलो साता घोषणा गरिने उनले बताए । शुक्रवार सो वडा भित्रका ११ जना विद्यालय नियमित नभएका वालवालिकालाई संघले शैक्षिक सहयोग गरेको छ । वालवालिकालाई किताव,कपी,कलम,झोला र पोसाक सहयोग गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । उनले श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी शिक्षा,सीप मुलक तालिम र अभिभावकलाई आयआर्जनको लागि सहयोग गर्दै आएको बताए । कार्यक्रममा वडा स्तरीय वाल संरक्षण समितिका सदस्यहरु,रेनु ढकाल,अरुणा कट्टेल,सचिव सन्तोष थापा, लगायत विद्यालयमा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।