एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपाल आज अष्ट्रेलियासँग भिड्दै

काठमाडौं,,१३ बैशाख ।   एएफसी अण्डर नाइन्टिन महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अष्ट्रेलियाबीचको खेल दिउसो सबा तीन बजे म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा शुरु हुनेछ ।

चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रदै छ । आज नेपाल बलियो टोली अष्ट्रेलियालाई रोक्दै सुखद शुरुवात गर्ने प्रयासमा हुनेछ ।

तर फिफा बरियतामा ४१ औं स्थानमा रहेको अष्ट्रेलियालाई रोक्न १ सय ६० औं स्थानको नेपाललाई त्यति सहज हुने भने देखिदैन । नेपालले आइतबार उज्वेकिस्तान र मंगलबार म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले एएफसी अण्डर नाईन्टिन च्याम्पियनसिपमा स्थान बनाउने छन् ।