शुक्रबारको मौसम यस्तो छ

काठमाडौं,१३ वैशाख । देशका विभिन्न स्थानमा शुक्रबार मेघ गर्जनसहितको वर्षा हुने भएको छ ।

देशका पूर्वी भू–भाग तथा मध्य र पश्चिमका पहाडी भु–भागमा आशिंक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका केही स्थानमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भु–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना रहेको मौसम विज्ञान विभागको अनुमान छ ।