चितवनमा भरतपुर गोल्डकप हुने

विवेक पोख्रेल
चितवन वैशाख १०-

चितवनमा ‘भरतपुर गोल्डकप – २०७६’  हुने भएको छ । ए.जे. इन्टरनेशनल प्रा.लिलेको आयोजमा बैशाखको अन्तिम साता देखि गोल्डकप हुने आज (मङ्गलवार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै जनकारी गराईएको हो । प्रतियोगिता बैशाख २४ बाट जेठ ४ गतेसम्म चल्नेछ । नेपालको ‘ए’ डिभिजन क्लब तथा मोफसलका क्लब सहित १२ फुटबल टिमको सहभागिता रहने प्रतियोगीताको सबै खेल नारायणगढको क्याम्पाचौरमा हुनेछन । थ्रिस्टार, आर्मी, पुलिस, एपिएफ, जाउलाखेल, च्यासल, सङ्कटा, चितवन ११, विजय युथ क्लब हेटौडा, विरगञ्ज थुथ एकेडेमी, झापा ११ र नुवाकोटले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक प्रकाश भुजेलले जानकारी दिए । उनका अनुसार नकाउट चरणमा हुने प्रतियोगिताका विजयी टिमलाई ६ लाख र उपविजेतालाई ३ लाख ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार, सबै विद्यामा उत्कृष्ट (किपर, डिफेन्स, स्काईकर र उच्च अंक ल्याउने ) लाई २० हजार रुपैयाँ प्रदान गरिने ए.जे. इन्टरनेशनल प्रा.लि.का सिओ आलोक प्रताप राणाले जानकारी दिए । खेल अवधिभर सर्वोकृष्ट खेल्ने खेलाडीले ४० हजार रुपैयाँ प्रदान गरीनेछ । खेल हेर्न दर्शकले ५० देखि १०० रुपैयाँ प्रवेश शुल्क तिनुपर्नेछ । प्रतियोगीतालाई एन्फा, चितवन जिल्ल फुटबल संघ , एस्टल युथ सोईटीले सहकार्य  छ । गोल्डकप सम्पन्न गर्नका लागि करिव ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गोल्डपको पुरानो मेडिकल कलेजले मुख्य प्रायोजन गरेको छ ।