बढ्यो मोबाइल बैकिङ सुबिधा लिनेको संख्या

काठमाण्डौ, ०८ बैशाख । पछिल्लो एकवर्षमा मोबाइल बैकिङ सुबिधा लिनेको संख्या करिब ३० लाखले बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार अघिल्लो वर्ष ३५ लाख ३० हजार ३० हजार २ सय २७ जनाले मोबाइल बैकिङ सुबिधा लिएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या बढेर ६३ लाख ९४ हजार ९ सय १६ पुगेको हो । अघिल्ला आर्थिक वर्षमा इन्टरनेट बैकिङ सुबिधा लिनेको संख्या ८ लाख ४२ हजार ४ सय ३१ रहेकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर ८ लाख ५६ हजार ६ सय ९६ पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा सबै बैकका २ हजार ६ सय ३८ एटिएम रहेकोमा चालु आर्थिक वर्षमा ३ हजार ४९ पुगेको छ । अघिल्लो वर्षको तुलनामा डेटि कार्ड लिनेको संख्या समेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५७ लाख ६९ हजार १ सय २८ रहेकोमा बढेर चालु आर्थिक वर्षमा ५९ लाख ६२ हजार ८ सय ३८ पुगेको छ । क्रेडिट कार्ड लिनेको संख्या समेत अघिल्लो वर्षको तुलनामा करिब ७ हजारले बृद्धि भएको छ । राष्ट्र बैकका अनुसार अघिल्लो आर्थिक वर्षमा क्रेडिट कार्ड लिने ९४ हजार ७ सय १६ रहेकोमा चालु आर्थिक वर्षमा बढेर १ लाख ५ सय २७ पुगेको छ ।