फोन गरेर बोलाइ छुरा प्रहार

पर्सा, ०८ बैशाख । पर्साका एक युवकमाथि छुरा प्रहार भएको छ। शनिबार दिउँसो सवा २ बजे पर्साको घोविनी गाउँपालिका–१ का राजेश यादवमाथि छुरा प्रहार भएको हो। यादवलाई अपरिचत समूहले फोन गरेर बोलाइ छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। यादवको बाया हातमा छुरा प्रहार भएको र उनको अहिले भारतको ईनर्वामा उपचार भइरहेको प्हरीले जनाएको छ। उनको अवस्था खतरा मुक्त रहेको छ। प्रहरीले आक्रमण गरे फरारहरुको खोजीकार्य भइरहेको जनाएको छ।