Flash News : मनकामना जाँदै गरेको बस धादिङको सलाङघाटमा दुर्घटना, एकजनाको मृत्यु 

 धादिङ, ८ बैशाख । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्पेक्टर नवराज ढुङगेलले जानकारी दिए । बसमा ३० जना भन्दा बढी यात्रु रहेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।