एनिभर्सरीकै दिन नायक आर्यन सिग्देललाई पुत्रलाभ

काठमाडौं,७ वैशाख। बिवाहको पाँचौं वर्षगाँठका दिन चर्चित अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । आर्यनकी धर्मपत्नी सपना भण्डारीले शुक्रबार छोरालाई जन्म दिएकी हुन् । । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

केही वर्ष प्रेममा रहेर आज भन्दा ५ वर्ष अघि बैशाख ६ गते आर्यन र सपना बैवाहिक बन्धनमा बाधिएका थिए । संयोग नै भन्नुपर्छ बैशाख ६ गते नै आर्यन दम्पतीलाई पुत्रलाभ भएको छ ।

आर्यनले केही समय अगाडि नै गर्भवती श्रीमतीसँगका केही तस्बिरहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए । सिग्देल परिवारमा नयाँ सन्ततिका रुपमा पुत्र लाभ भएपछि आर्यन निकै खुशी छन् ।