माडीमा निउरो टिप्न जाँदा किशोरी बलात्कृत

चितवन ७ बैशाख ।चितवनको माडी नगरपालिकामा एकजना १५ बर्षिया किशोरी माथी बलत्कार भएको छ । भरतपुर महानगरपालिका घर भएकी ती किशोरी माडीमा आफन्तको घर गएका बेला स्थानीय मगई खोलामा शुक्रवार दिउसो निउरो टिप्न जाँदा बलात्कृत भएकी हुन् ।

ती किशोरी लाई ४० बर्षिय एकजना पुरुषले पछाडीबाट आई जवरजस्ती समाति नजिकै रहेको काँसघारीमा जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गा रेग्मीले  जानकारी दिनुभयो । निउरो टिप्न जादाँ करिव ६ वर्षको वालकलाई समेत ती किशोरीले संगै लिएर गएकी थिईन् ।

पीडकले ती बालकलाई सय रुपैयाँको नोट दिएर चाउचाउ किन्न पठाएका थिए । सोही बेला शुक्रवार दिउसो २ बजेको समयमा किशोरी माथी जवरजस्ती करणी भएको प्रहरी नायव उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।
घटनापछि पिडित किशोरीले  आफुमाथी जवरजस्ती करणी भएको भन्दै  जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छिन् । पिडित किशोरीको शुक्रवार साँझ भरतपुरमा मेडिकल परिक्षण गरिएको छ । पीडक व्यक्ति फरार रहेकोले खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।