सौराहाका १० होटल तथा रेष्टुरेन्टको स्तरिकरण

चितवन ६ बैशाख । चितवनको पर्यटकिय क्षेत्र सौराहाका १० वटा होटल तथा रेष्टुरेन्टहरुको स्तरिकरण गरिएको छ । खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालय भरतपुरको टोलीले शुक्रबार सौराहाका होटल तथा रेष्टरेन्टहरुको निरिक्षण गरि स्तरिकरण गरेको हो । निरिक्षण गरिएका १६ वटा होटल तथा रेष्टुरेन्ट ५ वटालाई घ बर्गको सामान्य होटलको रुपमा स्तरिकण गर्दै पहेलो स्टिकर टासेको हो । त्यस्तै ५ वटालाई ग बर्गको सन्तोषजनक रहेको भन्दै एक तारे हरियो स्टिकर टासेको छ । त्यस्तै ६ वटा होटल तथा रेष्टरेन्टहरुले न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै सुधार गर्नुपर्ने भन्दै कुनैपनि स्टिकर प्रदान नगरिएको खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालय भरतपुरका प्रमुख बिक्की राउतले जानकारी दिए । निरिक्षण गर्न खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालयको टोली , होटल एसोसियन सौराहाका अध्यक्ष सुमन घिमिरे , रेष्टुरेन्ट एण्ड वार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरी लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।