चितवनकी किशोरी बलात्कार आरोपीलाई ३ बर्ष कैद

चितवन, ०६ बैशाख । १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ।
चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन्।  प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो। इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो।
यसैगरी,
१४ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवालाई ६ वर्ष जेल
चितवन, ०६ बैशाख । बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई ६ वर्षको कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई ६ वर्ष कैद सजाय तोकेको हो। बुधबार भएको फैसलामा पीडित किशोरीलाईएक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ । गुरुङले तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेका थिए । पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् । उजुरीपछि प्रहरीले गुरुङलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो। महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानका लागि आरोपितसहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो।