सन्तोषको नेतृत्वमा वडा कमिटी

राजेश रुम्बा तामाङ

बैशाख ५  भरतपुर । नेपाल तामाङ घेदुङ भरतपुर–७, कृष्णपुरले वडा कमिटी गठन गरेको छ । सन्तोष तामाङको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन भएको हो । वडा कमिटीको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा दिपक तामाङ, सहसचिवमा मदन तामाङ, कोषाध्यक्षमा लक्ष्मी तामाङ चयन भएको हो । यसैगरी वडा भेलाले सदस्यहरुमा किरणकुमारी तामाङ, जेन तामाङ, धनबहादुर तामाङ, केशबहादुर तामाङ, देवी तामाङ, लालकुमारी तामाङ चयन गरेका छन् । भेलाका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका भाषा तथा साहित्यविद् काजीमान तामाङ रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले आफ्नो संस्कृति, परम्परा, भेषभूषा लोप हुँदै गएको र यसलाई जोगाउन हामी तामाङ समुदाय अहिलेदेखि नै जागरुक हुनु पर्ने बताए । आफ्नो भाषा, संस्कृति र परम्परा हराए हामी तामाङ जाति नै हराउने हुँदा हामीले हाम्रो भाषा, संस्कृति र परम्परा जोगाउन सबैलाई आग्रह गरे । प्रमुख अतिथि तामाङले सबैलाई आग्रह गर्दै भने, ‘हामीले हाम्रो भाषा, संस्कृति, रितिरिवाज, परम्परा, मूल्य र मान्यता नजान्दा हाम्रो पहिचान नै हराउँछ’ उनले भने, ‘हाम्रो पहिचानको लागि हामीले हाम्रो भाषा, संस्कृति, रितिरिवात, परम्परा र मूल्य मान्यता जान्नुपर्छ ।’ तामाङले सबैलाई आग्रह गर्दै भने, हामीले हाम्रो जातको अगाडि थर लेख्नु पर्ने र जात मात्रै लेख्दा थर नहुँदा धेरै समस्या आएको उनले बताए । वडा भेलामा अतिथिहरु नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज तामाङ, तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष बबिलाल तामाङ, नेपाल तामाङ घेदुङ नगर घेदुङ समितिका अध्यक्ष नरजंग तामाङ, डम्बरबहादुर तामाङलगायतले मन्तव्य दिएका थिए । भेलामा उपाध्यक्ष शिवकुमारी तामाङले स्वागत मन्तव्य दिए भने पूर्णबहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम बिलबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो