न्यायाधीशमा सिफारिस ५ जनाको सुनुवाइ जारी

काठमाण्डौं, ०५ बैशाख । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच जनाको सुनुवाई गर्दै छ । समिति सचिवालय सिंहदरबारमा जारी बैठकमा सर्वोच्च अदातलको न्यायाधीशमा सिफारिस भएकाहरुको सुनुवाई शुरु भएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकाविरुद्ध ५ वटा उजुरी परेका छन्। न्यायपरिषदले हालै कानुन व्यवसायीहरु कुमार रेग्मी, हरि फुँयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मालता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। यसअघि समितिले हिजो प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदन गरेको थियो।