नेपाल बन्द : चितवनमा तिन ठाउमा ग्यास सिलिण्डर विस्फोट

 

चितवन  बैशाख ५ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दको कारण चितवनमा तिन स्थानमा सिलिण्डर ग्यास विस्फोट भएको छ । तिनै स्थानमा भएको विस्फोट खाली ठाउँमा भएकाले कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ ।

चितवनको भरतपुर महनगरपालिका १८ स्थित घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको छ भने यस्तै खैरहनी नगरपालिका चैनपुर २३ स्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिन्डर पड्काएको छ भने यता कालिका नगरपालिका ८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोला राखीएको सिलिन्डर ग्यास भने प्रहरी डिस्पोज गरेकोे प्रवत्ता रेग्मीले जानकारी दिनु भयो ।

यसै गरी विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधानहरु म्याजिक,भ्यान,अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सन्चालन भै रहेका छन् । लामो दुरीका सवारी नचल्दा यात्रुहरु मारमा परेका छन् भने अन्य स्थानबाट आएका लामो दुरीका सवारी स्कटीङ गरी गन्तबय तर्फ पठाईको छ । भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन् भने चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितववनले जनाएको छ ।