विप्लव नेतृत्वको नेपाल बन्दको प्रभाव : चितवनमा सवारी साधन ठप्प

चितवन, ५ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधानहरु अटोे, मोटरसाइकल भने सन्चालन भै रहेका छन् । भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन् भने चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।