विप्लव नेतृत्वको नेकपाद्धारा भोली नेपाल बन्द आब्हान (बिज्ञप्तीसहित)

चितवन,बैशाख ४ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली विहिवार नेपाल बन्दको आब्हान गरेको छ । विज्ञप्ति जारी गर्दै सो पार्टीले बन्द लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा समेत सो पार्टीले गरेको छ ।बैशाख ६ अघिबाट नै लागू हुने गरी विभिन्न कार्यक्रम घोषणा गरेको विप्लव समूहले चैत २६ देखि २९ सम्मा आफुहरुमाथि लगाइएको प्रतिबन्धको विरोधमा पर्चा वितरण तथा भन्डाफोर अभियान चलाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।