एनआईसी बैंक र क्यान्सर हस्पिटल बीच सम्झौता ।

बैशाख ०४ । एनआई सी एशिया बैंक लिमिटेड र नेपालक्यान्सर हस्पिटल बीच स्वास्थ्य सम्झौता भएको छ । बैंकले बैंककाकर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्णग्राहक वर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ज्यू र हस्पिटलको तर्फ बाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्षडा सुदिप श्रेष्ठ ज्यूले हस्ताक्षर गनुभएको छ । बैंकको देशभर २ सय ८१ शखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ ।