सामुहिक बलात्कार गर्ने चार युवा पक्राउ

पोखरा, ०३ बैशाख, पोखरामा एक युवती साथीहरूबाटै सामुहिक रूपमा बलत्कृत भएकी छन। धादिङ घर भएकी २२ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथी सामूहिक बलत्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन। प्रहरीले युवतीले दिएको उजुरीका आधारमा युवतीका चार जना साथीहरूलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। पक्राउ पर्नेमा राजन गैह्रे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन। डिएएसपी गुरुङका अनुसार चारै जनाले आरोप स्वीकार गरिसकेका छन। ‘युवतीले दिएको उजुरीको आधारमा चारै जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरू सबैले मादक पदार्थ सेवन गरी युवतीमाथी बलात्कार गरेको हुन सक्ने देखिन्छ। राती ३ बजे तिर घटना भएको देखिन्छ। अनुसन्धानको क्रम जारी छ।’ चारै जनामाथी जबर्जस्ती करणीको मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ। बलात्कृत युवती धादिङ घर भइ पोखरामा काम गर्दै आएकी बताइएको छ।
एता,
६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए। कोठा लगेर तोलाङ्गीले बालिकाको संवेदनशील अंगहरू चलाएर यौन दुर्व्यवहार गरेको थिए। साँझ घर फर्केकी बालिकाका शरीरका विभिन्न भागमा चोट देखेर अभिभावकले उपचारका लागि अस्पताल लगेका थिए।
‘चिकित्सकले बालिकामाथि बलात्कारको प्रयास भएको जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको हो’, डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि प्रहरीले तोलाङ्गीलाई कोठाबाटै पक्राउ गरेको हो।’ उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए।