लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अधिबेशन सम्पन्न

रत्ननगर ३० चैत । लायन्स क्लब अफ रत्ननगर मिड नेपालको चौथो वार्षिक साधारण सभा तथा अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले लायन प्रकाश शर्मा को अध्यक्षतामा बर्ष 2019/20 को लागि नया समिती चयन गरेको छ । lions international 325 b2 nepal का चिफ डिस्ट्रीक एड्भाइजर लायन दिपेन्द्र खतिवडाको प्रमुख अतिथ्यितामा रत्ननगर को रमाइलो डाडा मा रहेको होटेल रेड रुफ मा सम्पन्न उक्त कार्यक्रममा लायनहरु योगेन्द्र नाथ अधिकारी , निरज श्रेष्ठ , सुरेश किस्न लाल श्रेष्ठ, उमेश गिरि लगायत को उपस्थिती रहेको थियो । सस्थाका सस्थापक अध्यक्ष लायन सुरेश चन्द्र आचार्य , निबर्तमान अध्यक्ष लायन जगदिश चन्द्र शर्मा ,तत्कालिन अध्यक्ष लायन पुष्पराज श्रेष्ठ गरि तीन जनाको निर्बाचन मन्डल रहेको निर्वाचन टोलिले प्रथम उपाध्यक्षमा किशोर चालिसे द्धित्तिय उपाध्यक्षमा हेमराज आचार्य र तृतिय उपाध्यक्षमा सुमन सुवेदीलाई चयन गरेको छ । त्यस्तै सचिबमा शिव हरि भन्डारी, सह सचिबमा कुल प्रसाद सापकोटा, कोषाध्यक्षमा सुर्य रेग्मी र सह कोषाध्यक्षमा सुरेश जङ्ग पान्डे चयन भएका छन् ।