योग पीस सेन्टर सञ्चालन

चितवन, ३० चैत । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा योगापीस सेन्टर सञ्चालनमा आएको छ । योगको माध्यमबाट साइनस, माइग्रेन, पिनास, पायल्स, युरिक एसिड, स्पोडलाइसिस, नसा च्यापिएको, डाढ कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडाको दुखाई मानसिक समस्याजस्ता रोगहरु योगको माध्यमबाट उपचार गर्नभन्दै सेन्टर सञ्चालनलमा आएको हो ।
योगपीस सेन्टरका सञ्चालक प्रतीमा चापागाईँले औषधिको प्रयोग विना नै योगको माध्यमबाट सबै खालका उपचार गरिने बताइन् । शनिबार सो सेन्टरको उद्घाटन भरतपुर २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रममा निशा खरेल, शैलेन्द्र श्रेष्ठ, मितेरी टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद रिजाललगायतले मन्तव्य राखेका थिए ।