अल्पाईन कलेजले मनायो आफ्नो सातौं बार्षिकोत्सब

जिबन रानाभाट
चैत २९ चितवन । अल्पाईन कलेज अफ टेक्निकल एजुकेशन प्रा लि.भरतपुर ९ ले आज आफ्नो सातौं बार्षिक उत्सब आज एक भब्य समारोहका बीच मनाएको छ । कार्यक्रममा कलेजमा भएको स्पोर्टस् सप्ताहका बिजेतालाइ पुरस्कार बितरण समेत गरिएको थियो ।कार्यक्रममा बोल्दै कलेजका संचालक समितिका सदस्य सन्तोष पनेरुले कलेजले चितवन जिल्ला मै उत्कृष्ट कलेजको नाम राख्न सफल भएकोमा सम्पूर्णमा धन्यबाद ब्यक्त गर्नुभयो ।कलेजले उत्कृष्ट बिधार्थी उत्पादन गारेको बताउदै उहाले आउदा दिनमा समेत कलेजलाइ अझ स्तरिय बनाउने प्रतिबद्दता ब्यक्त गर्नुभयो । त्यस्तै कलेजका प्रिन्सिपल कमल प्रसाद पौडेलले कलेजले कम शूल्कमा गूणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउदै अल्पाईन कलेजले सम्पूर्ण अभिभावकको मन जित्न सफल भएको दाबी गर्नुभयो ।विभिन्न प्रतियोगितात्मक कार्यक्रमबाट विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताउदै उहाले कलेजले पढाईको अलवा अतिरिक्त क्रियाकलापलाइ पनि जोड दिदै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका जनस्वास्थ अधिकृत केशब भट्टले कलेजले अझ राम्रो काम गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।यस्तै कार्यक्रममा बिशेष अतिथि अखिल क्रान्तिकारीका सिटिईभिटि प्रमुख सुरजसिह ठकुरीले सिटिईभिटिमा अल्पाइन उत्कृष्ट कलेज भएको ठोकुवा गर्दै बिधार्थीको पहिलो रोजाइ बन्न सकेकोमा धन्यबाद ब्यक्त गर्नुभयो ।सोहि अबसरमा यस बर्ष सिटिईभिटिले लिएको सब(ओभरसियरको अन्तिम परिक्षामा चितवन जिल्ला कै प्रथम हुन सफल छात्र आकाश यादवलाई नगद रु १५ हजार सहित सम्मान समेत गरिएको थियो ।