छोरीलाई बलात्कार गर्ने बाबुलाई नुवाकोटबाट पक्राउ

चितवन २८ चैत । पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेर फरार भएको एक व्यक्तिलाई चितवन प्रहरीले बुधवार पक्राउ गरेको छ । आफ्नै छोरीलाई बलत्कारी गरी फरार रहेका खैरहनीका ति व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरी चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् । नुवाकोटबाट चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।