रत्ननगरमा खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण

रत्ननगर २७ चैत । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ४ देवौलीमा बुधवार खानेपानी सुरक्षा र सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । रत्ननगर रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको सो कार्यक्रममा परिषद् सदस्य,टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु र उपभोक्ता गरी ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भिष्मराज पौडेलले संस्थाले सञ्चालन गरेका गतिविधि,संस्थाका इन्जिनियर ज्ञानप्रकास पौडेलले खानेपानी सुरक्षा र स्वास्थ्यकर्मी भोजराज खनालले सरसफाईका बारेमा सहजीकरण गरेका थिए । सो संस्थाले खानेपानी सुरक्षाका विषयमा केही दिन अघि वडा नं ९ मा पनि कार्यक्रम गरेको थियो । बुधवार वडा नं ४ मा कार्यक्रम गरेको संस्थाले चैत २९ गते ११ नम्वर वडामा,बैशाख ४ गते ३ नम्वर वडामा,१४ गते १३ नम्वर वडामा कार्यक्रम गर्ने तय गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव तथा खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद नेपाल र कार्यसमिति सदस्य तथा सरसफाई समितिकी संयोजक सविता पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए । वडाध्यक्ष रविन्द्रराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रम खानेपानीका वडा संयोजक तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरि अधिकारी,कोषाध्यक्ष विष्णु पौडेल,सदस्यहरु ओमलाल सापकोटा,निर्मला दंगाल,विनिता पौडेल,खानेपानीका वडा संयोजकहरु,खानेपानी वडा सचिव प्रेमकुमार चौधरी,व्यवस्थापक विश्व पौडेल र कर्मचारीहरु कमल खतिवडा र विष्णु शर्मा लगायतको सहभागिता रहेको थियो । दैनिक ५७ लाख लिटर पानी वितरण गर्दै आएको सो संस्थाका ८ हजार १२५ उपभोक्ता रहेका छन । सरदरमा एउटा उपभोक्ताले मासिक २६ हजार लिटर पानी प्रयोग गर्दै आएको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए ।