प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुलाइयो

काठमाण्डौ, २७ चैत । प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुल्ला गरेको छ। समायोजनको विरोधमा सरकारी चिकित्सकले गत शुक्रबारबाट ओपिडी बन्द गरेर आन्दोलन चर्काएका थिए। सरकारको कडा निर्देशनपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुल्ला गरेको हो। सो क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकमाथि दुर्व्यवहारसमेत गरेको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए। सरकारी चिकित्सकहरू समायोजनमा विमति जनाउँदै ६ दिनदेखि आन्दोलनमा छन्। सरकारी अस्पतालबाट सेवा नपाउँदा हजारौँ बिरामी उपचार नपाएर विचल्लीमा परेका छन्।