राप्ती ६ का विपन्न वर्गलाई धारा वितरण

चितवन,२६ चितवन । राप्ती नगरपालिका वडा नम्वर ६ ले विपन्न समुदायका १० घरपरिवारलाई धारा वितरण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको वजेटबाट उनीहरुलाई एक एक वटा धारा वितरण गरिएको राप्ती नगरपालिका कार्यपालिकाकी सदस्य एवंम् सामाजिक विकास समिति संयोजक पुष्पा केशीले जानकारी दिईन् । वडा अध्यक्ष जल्लु चौधरी,वडा सदस्यहरु गुनु विक,कौशिला चौधरी र राजकुमार तामाङले सयुक्त रुपमा उनीहरुलाई धारा वितरण गरेका हुन् । आफ्ना घरमा धारा नहुँदा उनीहरु अर्काको घरबाट पानी ल्याई खान वाध्य थिए । केसीका अनुसार स्थानीय उमा कुमारी चौधरी,मुरली दनुवार,लालवहादुर दनुवार,भिम वहादुर तामाङ,लोक वहादुर प्रजा,कृष्ण माया गुरुङ,तारा विश्वकर्मा,मनोहर चौधरी,माया चौधरी र मुडाभार प्रतिक्षालयका लागि धारा प्रदान गरिएको हो । वडा कार्यालयले स्थलगत अवलोकन पछि मात्रै धारा प्रदान गरिएको कार्यपालिका सदस्य केशीले वताईन् ।