भलिवल प्रतियोगितमा पुलिसको तेश्रो जीत

चितवन,२६ चैत । नेपाल पुलिस क्लव र वंगलादेशको टाईटस क्लव चितवनको रत्ननगरमा जारी अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेल जित्दै पुलिस र वंगालदेश अन्तिम चारमा प्रवेश गरेका हुन् । सेमीफाईनल प्रवेश गर्ने क्रममा मंगलवार पुलिसले आयोजक पञ्चरत्न युवा क्लवलाई २४–१४,२५–२२ र २५–२० को सोझो सेटमा पराजीत गर्यो । आयोजक क्लव भने प्रतियोगिताबाट वाहिरीएको छ । मंगलवारनै भएको अर्को खेलमा वंगलादेशको टाईटस क्लव विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको हो । वंगलादेशले प्रदेश नम्वर ३ लाई २५–१८,२५–१७ र २५–१३ को सेटमा पराजीत गरेको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । प्रदेश नम्वर ३ पनि प्रतियोगिताबाट वाहिरीएको छ । सेमीफाईनल प्रवेश गर्ने दुई टिमको टुंगो बुधवार हुने नेपाल आर्मी र शशस्त्र प्रहरी वल (एपिएफ) को खेलबाट हुनेछ । प्रतियोगितामा विभागीय तीन टिमसहित,वंगालदेशको टाईटस,भारतको रेल्वे स्टेशन,प्रदेश नम्वर ३ र आयोजक टिम सहभागी छ । प्रतिोगिताको विजेताले ३ लाख ट्रफी र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । लिगका आधारमा खेलाईएको प्रतियोगिता चैत २८ गते सम्म चल्नेछ ।