पाकिस्तानी बन्ने अफरअमिताभलाई आएपछि…

काठमाडौं,चैत २६ । भारतीय चर्चित एवं लोकप्रिय नेता अमिताभ बच्चनलाई पाकिस्तानी भूमिकाको प्रस्ताव आएको छ । अमिताभलाई ओस्कार विजेता साउन्ड डिजाइनर रेसल पोक्युटीले निर्देशन गर्न लागेको चलचित्रमा पाकिस्तानी अभिनेताको भूमिकाको प्रस्ताव गरिएको हो ।

पहिले उनले यो फिल्मको लागि समय दिएका थिए तर अहिले भने समय नमिलेको भन्दै उनले यस फिल्मबाट हात झिक्न लागेका छन् । उनले पनि फिल्म छोड्नुको कारण समय नभएर बताउँदै आएका छन् । रसलले अमिताभको समयलाई धेरै समयदेखि पर्खदै आएका थिए तर अहिले आएर अमिताभले चलचित्रमा काम नगर्ने टुङ्गोमा पुगेका हुन् ।

उसो त भारतीय मिडियाले पाकिस्तानीको भूमिका निर्वाह गनुपर्ने भएपछि अमिताभले चलचित्रनै नगर्ने भएको बताउँदै आएका छन् । यसबारेमा आधिकारिक रुपमा अमिताभकले भने केही बताएका छैनन् । पछिल्लो समय बिग्रेको भारत र पाकिस्तानको सम्बन्धको कारण पनि अमिताभले चलचित्र छाडेको धेरैको अनुमान छ ।