रेलमार्गको ‘डिपीआर’ तयार

काठमाडौं,चैत २५ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सोमबार आयोजित कार्यक्रमा विद्युतीय रेलमार्ग निर्माणका लागि डिपीआर तयार भइसकेको जानकारी दिनु भएको छ । मन्त्री महासेठका अनुसार रेलमार्गको लम्बाई करिव १ हजार किलोमिटर छ ।

उहाँले रेलमार्गको निर्माण कार्य आउँदो आर्थिक वर्षको साउनबाटै शुरू गर्ने योजना रहेको बताउनु भयो । मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेखनीय प्रगति भएकाे दाबी गर्नुभयो ।