मोटरसाईकल दुर्घट्ना हुँदा भरतपुरमा १ जनाको मृत्यु, एक घाईते

चितवन, चैत्र २५ । सवारी दुर्घट्नामा परी चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । आईतवार राति विग्रिएको ट्रकमा मोटरसाईकल ठोक्कीदा कास्की पोखरा ३१ का १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का एक घाईते भएका छन ।
विग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लीनतर्फ गईरहेको ना २० प ७५१८ नम्बरको मोटरसाईकल आईतवार राति साढे ८ बजे ठोक्कीदा मोटरसाईकलमा पछाडी सवार भुजेल र चालक तनुँहु देवघाट गाँउपालीका ५ का ४० वर्षीय महेश्वर कडेल गम्भिर घाईते भएका थिए ।
घाईते भुजेलको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको हो । भुजेलको सव पोसमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ भने गम्भिर घाईते मोटरसाईकल चालक कडेलको उपचार भईरहेको छ ।