सांसद कृष्णभक्तद्धारा आगोलागी पीडितलाई सहयोग (फोटोफिचर)

इच्छाकामना चैत २४ । इच्छाकामना गाउँपालिका वाड नम्बर २ स्थित फौदतका ३ घर आगलागी पीडितलाई यसै क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले खाद्यान्न सहयोग गरेका छन् । फौदत स्थित पीडितहरुको घरमै पुगी क्षती अवलोकन समेत गरेका सांसद पोखरेलले खाद्यान्न सहयोग गरेका हुन् ।

आगलागीबाट एकको मृत्यु, एक घाइते र तीनवटै घर वस्न नहुने गरी क्षति पुगेको छ ।
यस क्षेत्रको जनताको पीडामा आफू मलहम बनेर उभिने भन्दै सांसद पोखरेलले भोट माग्नका लागि मात्र आउने भन्ने नेता प्रतिको आम वुझाईलाई पनि आफ्नो उपस्थितिले गतिले जवाफ दिएको बताए । साथै उनले भैपरी आउने विपद्को सामना गर्न आवश्यक पूर्व तयारी गर्नु आवश्यक रहेको बताए ।
पीडितसँग छलफल गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक तथा भौतिक सहयोग गर्नका लागि तयार रहेको बताए ।
दुई हप्ता अघि भएको आगलागीमा फौदतका रामकृष्ण चेपाङ, रामचन्द्र चेपाङ र दिपक चेपाङको घर आगलागी भएको थियो । रामचन्द्रको ६ महिने छोराको आगलागीमा परि मृत्यु भएको थियो भने ४५ वर्षकी श्रीमती देउकुमारी घाइते भएकी थिइन् । उनको गाला र दाहिने हातमा आगोले पोलेको छ । मुग्लिन वजारमा रहेको मस्र्याङदी बहुउद्देश्यीय सहकारी संस्थाले खाद्य सहयोग गरेको थियो । त्यस्तै वडा २ का अध्यक्ष पञ्च बहादुर चेपाङले वडाबाट केही वजेट छुट्याई मृतकका परिवारलाई २५ हजार र अरुलाई थप दस दस हजार प्रदान गरेका थिए ।