भिमफेदी कारागारमा कैदीहरुबीच झगडा, केही कैदीहरु घाईते

हेटौंडा २४ चैत्र । भिमफेदी कारागारमा कैदीहरुबीच झगडा भएको छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिकास्थित कारागारमा लागुऔषधको विषयमा झगडा भएको श्रोतका अनुसार लागुऔषधका विषयमा कैदीहरुबीच विवाद भएपछि झगडा भएको र केही कैदीहरु घाईते भएको जनाएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईलाई जिज्ञासा राख्दा उनले अवस्था असामान्य रहेको र प्रहरी परिचालन गरिएको र स्थितीलाई नियन्त्रणमा लिन खोजिएको बताए ।