चाईना पुलबाट ४२ थान लागुऔषध सहित एक महिला पक्राउ

किरण श्रेष्ठ 
तनहुँ, २४ चैत्र । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार ४२ थान लागु औषध सहित एक महिला लाई पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका वडा नं ५ र वडा नं ४ को सिमाना जोड्ने चाईना पुलबाट उक्त महिला लागुऔषध सहित पक्री परेकी हुन् ।

यसरि पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरी बस्ने वर्ष २३ की पुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मगरको शरिर तलासी लिदा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जानेको छ ।

डाइझेपाम इन्जेक्सन १ थान, नोफिन सिसि १ थान र फेनेरेगन सिसि १ थान गरि ३ वटा सिसिलाई एकै ठाउँमा राखी सेतो टेपले बेरेर सेट बनाएको अवस्थामा डाइझेपाम १४ थान, फेनेरेगन १४ थान र नोफिन १ थान गरी जम्मा ४२ थान शिशी लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध सहि पक्राउ परेकी पुजा मगरलाई लागुऔषध मुद्धामा आइतबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।