उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव चितवनमा

चैत २४ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव चितवनमा आइपुग्नुभएको छ । चितवन मेडिकल कलेजको कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । उहाँले विद्यार्थीबाट अवैध शुल्क लिने चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुलाई कारवाही हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अवैध शुल्क उठाइरहेका छन् नि ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन् भन्दै यसको छानविन गरिने बताउनुभयो ।
मन्त्री यादवले विभिन्न बाहानामा चिकित्सकले विरामीलाई दुःख दिन नपाउने भन्दै चिकित्सकको माग सरकारले सम्बोधन गरिसकेकाले आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभयो ।