आज राष्ट्रिय विश्व स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइँदै

चैत २४ । सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरेर विश्व स्वास्थ्य दिवस मनाइंदैछ । दिवसका अवसरमा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौंको हनुमानढोकामा कला प्रदर्शनी गर्ने जनाएको छ । प्रर्दशनीमा स्वास्थ्य सन्देश सम्बन्धी कला देखाउन सक्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अपरान्ह ४ बजे तीनै कला, विश्व स्वास्थ्य संगठनले मन्क्रालयलाई हस्तान्तरण गर्ने कार्यत्रम छ । विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक अप्रिल ७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो ।