नेपाली काग्रेश खैरहनी रक्तदान कार्यक्रमसंगै भित्तेपात्रो विमोचन

चितवन, २३ चैत । नेपाली काग्रेश खैरहनी नगर समितिले शनिवार रक्तदान कार्यक्रमसंगै भित्तेपात्रो विमोचन गरेको छ । नगर समितिले खैरहनीका स्वर्गिय वडाध्यक्षहरु नरेन्द्रनाथ अधिकारी र विश्व विजय वस्नेतको पुण्यतिथीको अवसरमा रक्तदानसंगै भित्तेपात्रो विमोचन गरेको हो । रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको नगर समिति सदस्य सुर्दशन सुवेदीले जानकारी दिए । सोही अवसरमा नयाँ वर्ष २०७६ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । नेपाली काग्रेशका केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा तथा खैरहनी नगर समिति सभापति शशि कुमार खनियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।