समुन्द्र देखि आकाश सम्मको अभियानमा भारतीय महाजन दाजुभाइ

चितवन, चैत २२ । सगरमाथा यात्राको आरोहणको लागि भारतीय महाजन दाजुभाई चितवन आईपुगेका छन् । भरतको मुम्बई बाट साइक्लिङ गर्दै डाक्टर हितेन्द्र महाजन र डाक्टर महेन्द्र महाजन चितवन आइपुगेकाहुन् ।
फोर्स मोटर्सको सहयोगमा महाजन दाजुभाईले समुन्द्र देखि आकाश सम्मको अभियान अन्तरर्गत सगरमाथा सम्मको यात्रा गर्नेछन् । आज आदिकवि भानुभक्त माध्यामिक विद्यालयमा एक कार्यक्रम गर्दै उनीहरुलाई चितवनमा स्वागत गरिएको छ ।
महाजन दाजुभाईले उक्त कार्यक्रममा जीवन सन्जिवनी कार्यक्रम अन्तरगत हृदय घात हुँदा तत्काल गरिने प्राथामिक उपचार बारेमा प्रशिक्षण गरेका थिए ।
फोर्स मोर्टस नारायणी अञ्चल आधिकारीक विक्रेता रहेको रेयान मोर्टसका संचालक यज्ञ प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयाम इन्टर कन्टिनेन्टलका डाईरेक्ट्रर निरन केसी, आदिकवि भानुभक्त माध्यामिक विद्यालयका प्रध्यानध्यापक विष्णु सापकोटा लगायतको उपस्थिती रहेको थियो ।