प्राध्यापकलाई कालोमोसो दल्ने ६ जनाविरुद्ध किटानी जाहेरी

चितवन, चैत २२ । रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकमाथि कालोमोसो दल्ने ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ । आफू माथि अभद्र व्यवहार गरेको भन्दै विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझाले किटानी जाहेरी गनुभएको हो । किटानी जाहेरी परेकाहरुमा विश्वविद्यालयमा अध्ययनरत गोपाल थापा, बामदेव रेग्मी, सन्तोष खतिवडा, मिलन चौहान, विभोर गौली र सुसन पौडेल रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीले जाहेरी परेका ६ जनानै अहिले फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको जानकारी दिनुभयो ।