नवलपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपुर २२ चैत । नवलपुरको मध्यविन्दु नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना गम्भिर घाईते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु १० अरुणखोला र दुम्किबासको बिच जंगलमा गएराती १२ बजेको समयमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख १८४५ नम्बरको ट्रकले बिपरित दिशातर्फ जादै गरेको लु ४१ प १७२७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा स्कुटर चालक देवचुलीनगरपालिका सिर्जनाचोक रजहर बस्ने अन्दाजी २२ बर्षिय टिकाराम महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवंम प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएका महत्तोलाई दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर लगिएकोमा चिकित्सकले आज बिहान २ बजे मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भिर घाईते भएका स्कुटीमा सवार देवचुलीकै अन्दाजी २१ बर्षिय भरत गुरैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक चालक फरार रहेको र उनको खोजी भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।