औंला काप्ने, हिंड्दा झुक्ने समस्या, पार्किन्सन बारे चितवनमा कार्यक्रम

चितवन/चैत्र २२ गते,

पार्किन्सन रोग बारेमा जानकारी दिने उद्धेश्यले चितवनमा नेप्लिज पार्किन्स डिजिज एशोसिएसनले ‘युनिटि वाल्क फर पार्किन्स’ कार्यक्रम गर्ने भएको छ । पार्किन्सनको लागि एकता बद्ध भन्ने सोच सहित पार्किन्सन रोगका विषयमा जानकारी बढाउने उद्धेश्यल चैत्र २३ गते कार्यक्रम गर्न लागिएको हो । विश्व पार्किन्सन महिनाको अवसर पारेर अन्तरक्रिया सहितको जनचेतना कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ । भरतपुरको होटल ग्लोबलमा हुने कार्यक्रमको न्युरोलोजिष्ट डाक्टर संग अन्तरक्रिया समेत गरिने आयोजकले बताए ।

 

के हो पार्किन्सन
लक्ष्यण-
सामान्यतया धेरै मानिसहरुको कुनै सामान उठाउँदा वा केही काम गर्दा हातका औंलाहरु काप्ने गर्दछन् । यसलाई हामीले अनेक किसिमबाट बुझ्ने र सामान्य रुपमा लिने गर्दछौं । यो पार्किन्सनको लक्षण हो । सुरुमा औंलाहरु, हात, खुट्टाहरु काप्ने गर्दछ र बिस्तारै यो शरीरको अन्य भागमा फैलिएर हिडडुल गर्दा मांसपेशीहरु कडा हुने, गती कम हुने अगाडितिर झुकेर हिड्ने देखिन्छ । यसपछि विस्तारै स्मरण क्षमतामा कमी, डिप्रेसन, दृष्टि भ्रम, ध्यान केन्द्रित नहुने, गन्ध थाहा नहुने, निद्रामा समस्या, पिसाब नियन्त्रणमा समस्या, बोलीमा समस्या आदि देखापर्दछन् । यो मस्किष्क सम्बन्धी रोग हो र संसारभरि नै एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ । पार्किन्सन एक दीर्घ रोग हो, जुन बिस्तारै बिस्तारै बढ्दै जाने गर्दछ । यो सिधै मस्तिष्कसंग सम्बन्धित छ ।