नेपाल दाना उद्योग सघ चितवनद्वारा हावाहुरी प्रभावित जिल्लामा दाना र चोक्कर सहयोग

चितवन, २१ चैत । नेपाल दाना उद्योग सघ चितवनले बारा र पर्सा जिल्लामा आएको विनासकारी भिषण हावाहरीबाट प्रभावित पीडित किसानहरुलाई सहयोग गरेका छन् ।
भीषण हावाहुरी बाट प्रभावित क्षेत्रका पशुपंक्षीहरुको जीवन रक्षाका लागि २०७५÷१२÷२१ गते करिब रु ३लाख ७० हजार रुपैयाँ बराबरको पशुपंक्षीका लागि दाना र चोक्कर लागि वारा जिल्ला फेटा गाउँ पालिका वडा न १ को भलुही र वडा न ६ को पर्सौनी मा लागि संबंधित वडा अध्यक्ष मार्फत पशु सेवा इकाईको रोहवरमा बितरण गरिएको हो । संघका अध्यक्ष बालचन्द्र खनाल , निवर्तमान अध्यक्ष श्री दुर्गा प्रसाद भण्डारी , सदस्य हरु श्री बिरवहादुर गुरुङ , श्री सुनिल ढकाल र कार्यकारी अधिकृत शिवप्रसाद बरालको सहभागितामा बाराका पोल्ट्री व्यवसायीहरुले स्थानीय तहमा आवश्यक समन्वय र सहयोगमा बितरण गरेका हुन् ।