नेपाल बार एशोसिएशनको अध्यक्षमा बारमा प्रगतिशीलका चण्डेश्वर विजयी

काठमाडौं,२१ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील पेशागत तथा समावेशी समूहका चण्डेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको छ । कडा प्रतिस्पर्धा भएको निर्वाचनमा श्रेष्ठले डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) सुनीलकुमार पोखरेललाई १ सय २७ मत अन्तरले पराजित गर्नुभएको हो ।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको छ । डिएलएका पोखरेलले ३ हजार २७ मत पाउनु भएको छ । महासचिवमा भने डिएलएका लीलामणि पौडेल विजयी हुनुभएको छ ।

पौडेलले ३ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । प्रगतिशीलका सुनील बहादुर थापाले २ हजार ९ सय ४० मत प्राप्त गर्नु भएको छ । अन्य पदाधिकारीमा प्रगतिशील समूहले २ तिहाई स्थान जितेको छ ।