हावा हुरीबाट ज्यान गुमाएका परिवारलाई ५ लाख दिने अध्यक्ष प्रचण्डको घोषणा

 

काठमाडौं ।पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष प्रचण्डले हावाहुरीबाट ज्यान गुमाएका प्रत्येक मृतकको परिवारलाई पार्टीको तर्फबाट ५ लाख राहतको घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५र५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

हावाहुरी प्रभावित जिल्लामा पुगेका प्रचण्डले भने, प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको छु । प्रत्येक परिवारलाई राहत स्वरुप ५ लाख रकम उपलब्ध गराइनेछ । घाइतेहरुको निस्शुल्क उपचार हुनेछ र घरवार विहिन बन्न पुगेका नागरिकको घर समेत बनाइने छ ।

पुरैनियामा पीडित परिवारलाई राहत दिदै प्रचण्डले भने, ‘तपाईहरुको दुखमा सरकार छ । नेकपा र सिंगो मुलुक छ । हामी हाम्रा दाजुभाईको दुखमा सबैले मिलेर सहयोग गर्नेछौं ।’

वाइसिएल नेपालले राहतस्वरुप प्रचण्डको हातबाट प्रत्येक परिवारलाई २५ केजी चामल, ५ केजी दाल र १ वटा त्रिपाल वितरण गरेको छ । पुरैनिया बाहेक अन्य प्रभावित गाँउमा समेत वाइसिएलले राहत वितरण गर्ने कार्यक्रम रहेको छ । भलोही, फेटा र भुलहरियामा समेत वाइसिएलले राहत बाड्ने वाइसिएल सचिव मिङ्मा डण्डु श‍ेर्पाले जनाए । बाराको पुरनियामा मात्रै १६८ परिवारलाई राहत बाँडिसकेको शेर्पाले जानकारी दिएका छन् ।