पंजावविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ, लिए २ महत्वपूर्ण विकेट

काठमाडौँ,चैत १८। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पंजावको सामना गर्दै छ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पंजावविरुद्ध उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् ।

आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २७ रन दिएर २ विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा १० रन दिदै पंजावका साम कुरानलाई आउट गरेका थिए । त्यस्तै सन्दीपले दोस्रो ओभरमा ४ रन दिएका थिए । त्यस्तै तेस्रो ओभरमा सन्दीपले ९ रन दिएका थिए ।

त्यस्तै चौथो ओभरमा ४ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले आफ्नो चौथो ओभरमा ३९ रन बनाएर खेलिरहेका पंजावका सरफराज खानलाई आउट गरेका थिए ।

यस अघि सन्दीपले यस सिजनको आइपिएलमा गत शनिबार कोलकोता नाइटराइडर्सविरुद्ध सिजन डेभ्यु गरेका थिए । दिल्लीले सुपर ओभरमा जितेक ओसो खेलमा सन्दीपले ४ ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए ।