पोखरा विश्व विद्यालयका सोबियु सदस्य द्वारा खेद प्रकट

पोखरा , १८ चैत ।

पोखरा विश्व विद्यालयका सोबियु सदस्यहरु द्वारा वर्तमान विश्व विद्यालयको परिस्थितिको विषयमा खेद प्रकट गरेका छन् विश्वविद्यालयलाई बाहिरी रुपमा हस्तक्षेप गर्ने र विद्यार्थीको परीक्षा सार्ने प्रविधिप्रति खेद प्रकट गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ बाट निर्वाचित भएका पाँचजना उज्जल चापागाई,सरोज शाह,बिष्णु सुबेदि , सुबास खडका , गणेश हिमाल संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ति निकालेका छन् स्वबियु सदस्यहरुले विश्वविद्यालयमा परीक्षा नजिकिँदै गर्दा कोही कसैको दबाबमा परि सरेकोमा गरेकोमा विरोध जनाएका छन्।

उनीहरुले एक हप्ताभित्रमा परिक्षा गराउन समेत माग गरेका छन् साथै विश्वविद्यालयको विषम परिस्थितिलाई चिर्दै सहज वातावरण बनाउन सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरुलाई अपील पनी गरेका छन्।