हावाहुरी घटनाले नेकपा स्तब्ध

 

काठमाडौं,१८ चैत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आइतबार साँझ पूर्वी तराईमा हावाहुरीबाट भएको क्षेतिबाट स्तब्ध भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बाराका भुलही, परैनिया परसौन र विजयनियाका साथै पर्साको वीरगञ्ज नगरपालिकाका विभिन्न स्थानमा२७ जनाको मृत्यु भएको घटनाले पार्टीलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले पीडितको उद्दारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ । प्रदेश नम्बर २ सरकारले आइतबार राति आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ गृहमन्त्रालयले अहिलेसम्म २७ जनाको ज्यान गएको पुष्टि गरेको छ ।