भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमबारे अनुशिक्षण

चितवन चैत १८ । भुकम्प पीडित र प्रधानमन्त्री रोजगार कार्यक्रमका बारे चितवनको खैरहनीमा सरोकारावालाहरुलाई अनुशिक्षण दिईएको छ ।  करिव तीन वर्ष अघि गएको भुकम्प पीडितहरुको गुनासाहरु आउने क्रम नरोकिएपछि उनीहरुको समस्या सम्वोधन गर्न र सरकारले ल्याएको नयाँ कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमको बारे जानकारी गराउने उदेश्यले खैरहनी नगरपालिकाले जनप्रतिनिधी र वडा सचिवहरुलाई अनुशिक्षण दिएको हो ।
त्यस्तै द्धन्द्ध पीडितलाई सहायता प्रदान गर्ने सम्वन्धमा समेत छलफल गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले अव गुनासा नआउने गरी काम गर्नु पर्ने वताए ।
कतिपय ठाउँमा भावनामा वगेर पनि काम भएको उल्लेख गर्दै मेयर चौधरीले यथार्थमा रहेर विवरण संकलन गर्न आग्रह गरे । खैरहनीमा पुर्ण क्षती भएका ५ सय ५९ जनाले रातो कार्ड पाएका छन् ।
जस मध्ये करिव ३ सय घर निर्माण भईसकेको छ ।

खैरहनीमा यही चैत १५ गतेदेखी संकलनको काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।
उनका अनुसार यो कार्य २ महिनामा सम्म संचालन हुनेछ । कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर प्रविन चौधरीले भुकम्प प्रभावित,आवास पुर्ननिर्माण लगत संकलन सम्वन्धी,रोजगार संयोजक रमेश पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्वन्धी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले द्धन्द्ध पीडितका सम्वन्धमा सहजीकरण गरेका थिए ।
खैरहनीका मेयर लालमणी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत प्रकास पौडेलले कार्यक्रम संचालन गरेका थिए ।