हावाहुरी प्रभावितका लागि राहत सामग्री पठाइयो

काठमाडौं,१८ चैत । बारा र पर्सामा गएराती आएको हावाहुरीका कारण प्रभावित भएकाहरुका लागि आवश्यक राहत सामग्रीको व्यवस्थापनका लागि सक्रिय रुपमा पहल भइरहेको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।

केन्द्रले आज बिहान चार बजेतिर बारा तथा पर्साका हावाहुरी प्रभावितका लागि तत्कालको एउटा मेडिकल टोली सहित राहत स्वरुप ४ सय ६८ थान पाल, चार हजार एक सय थान लुगा तथा केही रोल कपडा पठाइएको छ ।

यस्तै अब आउन सक्ने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउनका लागि गरिनु पर्ने पहल बारे पनि स्वास्थ्य सम्बन्धी आपतकालीन कार्यसञ्चालन केन्द्रसँग आफूले समन्वय गरिरहेको छ ।

स्थानीय तहमा अधिकार रहेकाले आफूहरुले स्थानीय तहसँग समन्वय गरेर आवश्यक औषधि तथा स्वास्थ्य सम्बन्धी सामग्री पठाउने उनले जानकारी दिएका छन् ।