बारा, पर्सा हावाहुरी : मृत्यु हुनेको संख्या ३५ पुग्यो (यस्तो छ पछिल्लो अपडेट)

 

बारा, १८ चैत । बारा र पर्सामा आइतबार राति भीषण आँधी र हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी र हावाहुरीबाट बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको हो । ५ सय भन्दा धेरै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै छ । घाइतेहरु धेरै भएका कारण मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।