क्यान्सर अस्पताल भरतपुरलाई प्रविधिमैत्री बनाउन चीन सरकारले फेरि सहयोग दिने : चिनियाँ निर्देशक झाउ

चितवन, १८ चैत । चीनको हबे प्रोभिन्सका स्वास्थ्य विभाग अन्तरगत विज्ञान, प्रविधि,शिक्षा तथा अन्तर्राष्ट्रिय समन्वय आयोगका निर्देशक झाउ झी सान सिसाले विपि कोईराला मेमोरियल अस्पताल भरतपुरलाई समय अनुसार थप स्तर वृद्धि गर्न बताएका छन् ।

अस्पतालको स्थल निरीक्षणका लागि चीनदेखि चितवन भरतपुरमा आएका निर्देशक झाउले आफुले हाल अस्पतालको सेवामा धेरै परिर्वतनसगैँ गुणस्तरीयलाई ध्यान दिएको भन्दै चीन सरकारले नै स्थापना गर्ने गरेको अस्पताललाई समय अनुसार प्रविधिमैत्री बनाउन थप सहयोग गर्ने बताएका हन् ।


यो अस्पताललाई चीन सरकारले विशेष महत्वका साथ हेरेके छ, सदा यसको विकासलाई हामी चिन्तित छौँ उनले भने । हामीले हाम्रो टिम मार्फत पनि धेरै कुरा थाा पाएका छौँ अब थप सहयोग फेरि आउनेछ ।

उनले नेपाललाई सवस्थ्य सेवा सम्बन्धी सहयोग गर्न चिनियाँ सरकारले हबे प्रोभिन्सलाई तोकेको भन्दै यस मार्फत सहयोग गर्न आफु तप्पर रहेको स्पष्ट पारे ।  सो अवसरमा उनले चीन सरकारलेदिएको विभिन्न उपकरणहरुसगैँ अस्पतालको स्थल निरीक्षण गरेका थिए ।

यस्तै सोही अवसरमा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा निर्मल लामिछानेले अस्पतालको स्थापना देखि हालसम्म प्रगति विवरण प्रस्तुत गरेका थिए । भने समय अनुसार अस्पतालाको भौतिक संरचना,मेसिन उपकरण,नयाँ सेवा विस्तारमा चिनियाँ सरकारले थप सहयोग गर्न माग गरेका थिए ।
कार्यक्रममा अस्पतालका बरिष्ठ कानुन अधिकृत गोर्कण सापकोटा, बाल रोग विभाग प्रमुख डा.कृष्णसागर शर्मा, बपरष्ठ प्रशासकीय अधिकृत जेएन महत्तो, बरिष्ठ लेखा अधिकृत पित्ताम्बर आचार्य लगायतका विभागी प्रमुख तथा कर्मचारीहरुको सहभागी थियो ।