प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गरे सरकारी कार्यालयको छड्के निरिक्षण (फोटो फिचर)

चितवन, २८ फागुन । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सरकारी कार्यालयको छड्के निरिक्षण सुरु गरेपछि सरकारी कर्मचारीको ओठ मुख सुक्न थालेको छ । प्रमुुख जिल्ला अधिकारीले आईतबारबाट आधा  दिन एक सरकारी कार्यालयको छड्के निरिक्षण अभियान थाल्नु भएको हो । सेवाग्राहीको बढि चहल पहल हुने कार्यालयमा बिहान १० बजेनै पुग्ने र कार्यालयका हरेक काम कारबाहीृको निरिक्षण , कर्मचारीको हाजिरि र सेवाग्राहीको गुनासा सुन्न थालेपछि सेवा प्रबाहका नाममा कमाउन पल्केका कर्मचारीहरुको ओठ मुख सुक्न थालेको जिल्ला मालपोत कार्यालयका एक कर्मचारीले बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले पटक पटक सरकारी कार्यालयका प्रमुख र कर्मचारीलाई सेवा प्रबाहमा सहजता ल्याउन र सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न निर्देशन दिदा समेत कार्यान्वयनमा आलटाल गर्ने गरेको गुनासो बढेपछि प्रशासकिय अधिकृत रामचन्द्र ढकाल सहित आफै अनुगमनमा निस्कनु भएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रबि राज रेग्मीेले बताउनु भयो ।

बस्नेतले आईतबार मालपोत कार्यालय र सोमबार नापी कार्यालयको अनुगमन गर्नु भएको छ । बिहान १०.बजेनै कार्यालय छिर्नु भएका बस्नेतले आधा दिन हरेक फाट फाटमा पुगी सेवा प्रवाहको निरिक्षण संगै सेवाग्राहीको गुनासो सुनि आफुहरुलाई केहि सुझाव दिनुभएको जिल्ला मालपोत कार्यालय चितवनका प्रमुख लाल कृष्ण शर्मा पौडेलले बताउनु भयो । सेवाग्राहीलाई लाईन बस्न नपर्ने गरी टोकनको ब्यवस्था गर्न र छिटो भन्दा छिटो सेवा दिन सकिने बातावरण बनाउन प्रजिअको निर्देशन भएको मालपोत कार्यालयका नायव सुब्बा प्रदिप थापाले बताउनु भयो ।

 

प्रजिअले छड्के निगरानी राख्न थालेपछि गलत मनोबृति भएका कर्मचारी , बिचौलिया तथा लेखापडी ब्यवसायी सबको मनोबल गिरेको र सेवा प्रवाहमा थप सहजता भएको आफुले महसुस गरेको शर्मा पौडेल बताउनु हुन्छ । उहाले सोमबार नापी कार्यालयमा पुगी प्रत्यक फाटका कर्मचारलिाई भेटि सेवा चुस्ततामा ध्यान दिन आग्रह गर्दै सेवाग्राहीसंग सार्वजनिक सुनुवाईनै गर्नु भएको नापी कार्यालयका अधिकृत आसिस गिरिले बताउनु भयो ।